Showing posts with label story. Show all posts
Showing posts with label story. Show all posts

Wednesday, October 24, 2012

A normal boy's diary...

The winter has arrived folks..!! the night has suddenly become cold and windy. I walk out of my chair towards the balcony. As the cold air hits me, I come out to my senses. The basketball courts and the play ground that used to be crowded has no one tonight. I light the cigratte. The curls of white smoke coming out of my mouth goes up and vanishes in the darkness. The memories come alive out of it.

She was always there. A girl twice my size with the same height as mine, she has a fair complexion; a typical Indian look. For the first time, she came to speak to me with a huge smile on her face, I was dumbfounded. I was not prepared for such warm response. She was like some character out of movies who could easily mingle with anyone she wished to. The new work groups and the new faces kept appearing and one day some guys came and stole her public presence to their private ecstasy. Some of those who used to walk with her and couldn't get a space for themselves amongst her  new close-knit circle would often call her a slut. Ah..! what a beautiful way of defining oneself. When a person starts defining another person, s/he actually defines himself/herself.

I still didn't bothered about her. One day the supervisor gave us group work and she became a part of it. She came to discuss the matters while I was probing her. Why is the  plain, open, liberal girl like her called 'slut' by everyone? whomsoever I met would talk about her. What attracted so much frustration and negative criticisms against her? Oh yes, the size of her breasts were always brought into attention by anyone at anytime without it's having any relation with the topic or the circumstances.For the first time, I found her beautiful with her improperly threaded eyebrows, the brown eyes that became smaller and smaller as she spoke with me. I liked her.

Well, When I say 'I like her'. It does not mean 'I love her'. love is a very independent phenomenon. It is not the choice, it is the destiny when two independent people meet together. This meeting should be able to establish a strong foundation of mutual understanding, care and unconditional giving without expecting anything in return.  

As I sat down with my laptop in my apartment, I had nothing in my mind other than one desire to complete the given task. How on earth was I supposed to know that a few hours of chat would change the pattern of  spending my time? As I started to talk with her on Facebook , we inquired as much as we could about each other that the national spying agencies would appear dismal in front of the information we extracted out of each other. She was irresistible. She went offline to go to sleep while I remained fathomless throughout              the night.

She was beautiful with her imperfections. We began to share casual gestures at times, spoke openly. She was not the one to wait for anything. She was too quick at establishing relations and moving out of it.  My eyes followed each steps she took in the floor we worked; I kept searching for ways when I could see her without her knowing it. I became a lost soul. confused soul. Not a week had passed and there were rumors she is having an affair again. Those boys attached with the fresh rumors claim to have loved the way 'she was whoring around' with them. I was thunderstruck by their opinions.  Was it happening because she was letting it happen ? I wonder why did she find it cool to hang out with guys who never spoke good of her.

Every ordinary guys like me would have a similar story to share.Even these small things create a great despair among poor souls. The grief brought by these small incidents shape and mold a person's perception that emerges out of incapability to be with the girl and the next time he sees that girl again he might also say ,'She is a slut' but I cannot call her so as I value each individuals' choice and decisions. My thoughts swing like the pendulum of a clock between illusion and reality. Somewhere deep inside, I want my mind to believe that she will take her time and one day she will be mine...!!

The cold air hits me hard this time. I light the other cigratte. I am numb as I do not know where I stand. She keeps coming in my mind while the rest of the world goes to sleep. 

Tuesday, May 22, 2012

मेरो देश खोज्दै

सडकहरू सुन-सान छन । सुर्यदेवलाई धन्यबाद् दिन्छु । मेरा कानहरू बिहान-बेलुकी सडक, पत्रिका, टि.भी, रेडियोमा गुन्जिने आवाजहरूले कसो बहिरा भएनन् ।  सबै जातले आफ्नो आफ्नो राज्य माग्दै गर्दा म यो चर्को घाममा मेरो देश खोज्दै छू ।

मेरो देश जहाँ म ब्राह्मनको छोरो, छिमेकी राईनी आमैलाई ठुली आमै भनेर पुकार्थें । पल्लो कोठामा जाडको घ्याम्पो हुन्थ्यो र वल्लो कोठामा मलाइ दुध चिउरा दिन्थिन । उनी परलोक गएको ८-१० बर्ष भो, उनसंगै मेरो देश'नी कता गयो कता !    मेरो देशमा कहाँ लेक मा कुनै एउटा मान्छे मर्दा, बेसिमा हाम्रा बौ-बाजे गनगन् गर्थे । मानो- पाथी थियो, K.G  भन्ने थाहा थिएन  । झुपडी थिए, पक्का घर मुस्किलले भेटिन्थ्यो । गरीब थिए तर पेट भोको कसैको थिएन । ठुला- ठुला परिवार हुन्थे, सानो परिवार सुखी परिवार भन्ने थिएन । पाउरोटी सुनेका थियौं, खान हुन्न भन्थे । मकैको रोटी या कोदाको ढीडो जिब्रो फट्काइ-फट्काइ खान्थ्यौं । बा'ले शहर घुमाउन ल्याउदा झिलिमिली थियो, रमाइलो थियो । शहर सफा  थियो । बागमती नी नुहाउन लगे; हाम्रो गाऊँको खोलो जस्तै सफा थियो ।

हा ! मेरो देश, कठै ! मेरो देश । गर्छु भन्नेले नी' गरि खान पाउने भएनन् । हरेक दिन बन्द छ, चर्का नाराहरू छन् । गर्मीले पोल्न थालेपछी म एउटा रुखको छहारिमा बस्न खोज्छु । एउटा पागल छेउमै बसेर फत्फताउदै थियो । मलाइ देखेपछी उ झन् झन् चर्को स्वोरले कराउन थाल्यो । अरु दुई चार रमितेहरू कुरा सुन्न थपिए ।

"मेरो राज्य ६०१ दलालहरूले बेच्दै छन् । तीनलाई तैं चोरहरूले देश् बेच्न पठाएको हो । त्यहाँ नाइके जति सब ब्राह्मन जातको छ बुझिस । " म स्तब्ध भएँ । कोइराला, भट्टराई, दाहाल, पौडेल, वली, नेपाल जस्ता केहीले ब्राह्मनको परिभासा फेरिदिएछन । ब्राह्मन कुनै जात होईन । ब्राह्मन सत्य हो, ब्राह्मन भक्तिमा लिप्त हुनुको अवस्था हो । ब्राह्मन ज्ञान हो, तत्वबोध हो ।   जो ब्राह्मन हो, उसका लागि जिब, निर्जिब सब समान हो । मैले भनेको छु, म ब्राह्मनको छोरो हो, स्वयम् ब्राह्मन होईन । 

"  सुक्रे पनि त यही रहेछ ।"   त्यहि हुलबाट परिचित अनुहारहरू देखा पर्छन । चिनेकाहरूले सुक्रे भनेर बोलाउछन । सुक्रात पनि बहुलाहा जस्ता थिए रे, म नी त्यस्तै छु रे ! म रातो पिरो हुन्छु । मनमनै डर लागेर आउछ । कतै देश खोज्नु पागलपन त होईन ? मलाइ अब यिनले थाहा पाए भने के  भन्लान् ?  

   साना- साना भुराहरूलाई बाबु- राजा भन्छन्, आइस्यो र गैस्यो भन्न सिकाउछन यो सहरमा । हाम्रा गाऊमा बेलुका आगनको डीलबाट " ए राडी- मुर्दारहो तिमीहरूलाई घिच्न पर्दैन ? छिट्टो मर त" भनेर खाना खान बोलाउछन अधिकान्स आमाहरू । तर शहरका बाबु- राजाहरूमा न बा- आमा प्रति, न समाज प्रति न देश प्रति कुनै लगाव छ । हाम्रा गाऊका राडी- मुर्दार धेरै जिम्मेवार र परिपक्व छन् । ती पनि म जस्तै "एकादेस"को मेरो देश खोज्दै होलान् । के म लगायत ती सबै पागल होलान् त ?

मेरो देश नेताहरूको जातिय राजनितीको हतीयार बन्दै छ । म कोँगो, रुवान्डाको जातिय द्वन्दका दर्दनिय कथाहरू सम्झन थाल्छु । म भाव सुन्य हुन्छु ।

  "ओइ सुक्रे भाई कता हिंडेको । अनी कतै नहेरी हिंडेको छौ त ?" लामा दाइको पसल अगाडी आइपुगेछु । डल्ले- डल्ले यी दाई, तमाङ लामा हुन् । यो सहरमा पढ्न बसेदेखी साँझपख गफ गर्दै चुरोट खाने गर्छौ हामी । अरु पनि बन्दले गर्दा त्यहि आएका रहेछन् । चुरोटको धुवा संगै जीवनका सूख- दु:ख देखि बाटोमा हिड्ने तरुनीलाई संगै बसेर जिस्काउदै धेरै बर्षका साँझहरू यहाँ बितेको छ ।  

 "त्यो संबिधान सभा भवनमा गएर बम पद्काइदिउ न ।" छेउमै उभिएका फर्निचर पसलका मधेसी दाईले कुरो अगाडी बढाए । त्यहाँ नी' मेरो देश खोज्दै रहेछन् सबै ।

" त्यसो गर्नु हुन्न । त्यति राम्रो भवन छ । नेपालमा फेरि त्यस्तो भवन बनाउने कोहि राम्रो मान्छे जन्मेला जस्तो छैन । तीनलाई देश निकाला गर्नु पर्छ ।" अर्का लोकसेवामा खर्दारको जाँच दिएर बसेका मास्टर साप बोले ।

"हाम्रो सुक्रे भाईको केही भन्नु छ की ?" त्यसै घरका घरबेटी दाईले सोधे ।

"मेरो देशको साशनको बागडोर  जनताको हाथमा हुनुपर्छ दाइ । दुई चारवटा पार्टीको काने-खुसिको भरमा राज्य चलिरह्यो भने यो भन्दा धेरै दुखदायी दिनहरू आउनेछन ।" म यति भन्दै चुप रहिरहे । सबै स्तबध भए । मौन स्विक्रिती जनाए । शायद म जस्तै यी पनि आफ्नो देश खोज्दै छन् ।  







              
       

Thursday, December 15, 2011

कस्तो जाडो लागे'छ ....!


"ए बाबु कति सुतेको ?"

मेरी आमा कराउंदै मेरो कोठामा छिर्नु भयो । सिरक भित्रबाट आँखा चिम्सा पार्दै मुसोले दुलोबाट चियो गरेझैं गरि हेरेँ । आमाले पर्दा खोल्नु भयो । छ्याङै उज्यालो भएछ ।  आङ मर्काउदै सिरक खुट्टाले हुत्याउदै झ्यालबाट रानिबनतिर मुन्टो घुमाएर हेरेँ । त्यो हरित वनपनी सिरेटोको सप्को ओढेर बसेकी रहिछ । मेरो आङभरी कांढा उम्रेर आयो । फेरि सिरक तानेर खाटमा बस्दै भने," कस्तो जाडो लागे'छ "।

"धन्नको जाडो लाग्दो रै'छ "। आमा मेरो टेबलमा एक गिलास पानी राख्दै फत्फताउदै जानु भयो ।

 पसलमा दुध लिन जाँदा यकिन भो । जहिले ओठभरी लिपस्टिक लगाइ, स्टक्किङ या स्किर्ट लगाइ हिड्ने नक्कली मोरी त मुर्झाएको पालुवाजस्तो कपाल छाडेर, फुङ्ग उडेको अनुहार लिएर जिन्समा घरबाट निक्ली ! साँचै जाडो लाग्या हो अब त ।

 अफिस कामले भन्दा गफले तात्तिन थालेको छ । चिया, कफी सुरुप्प तानेको आवाज, त्यो मिठो सुरुप्प संगै पालै पालो सब्दपनी तुर्काउंछन् । कोहि आजकाल खुट्टानै तात्दैन भन्छन् ,कोही अफिसमा हिटर ताप्नै ब्यस्त हुन्छन् ।   जाडो काइता लागेछ ! यसै बहाना आफ्नो कामबाट फुर्सद नलिनेहरू पनि बेला बेलामा चियाको कप समात्दै मनका कुण्ठाहरू पोख्न आइपुग्छन । बेलुका जाडोकै कारण घर टोलमा यो सहरिया माहोलमा पनि छर-छिमेकी आगो ताप्दै एक अर्काको सूख-दुख ताप्छन । ज्यान त कति न्यानो होलानै तर मन पक्कै न्यानो हुदो हो !

 हिजो अबेरसम्म बाहिर बस्दा आज कसो कसो आँखा लागेको थियो । दुनियाँ जाडोबाट बच्न आगो ताप्दै गर्दा म आजकाल जाडो ताप्न थालेको छू ।   यो चिसोलाई जति जिउंछु, जति पिउंछु मन त्यति सितल हुन्छ । निसब्द जाडो,मनको शब्दहरू मलाई सिकाउने प्रयास गर्दै छ । निराकर रात-रजनीमा, म आफुभित्रको कोलाहललाई चिसोले साम्य गरेको पाउंछु । त्यसैले होला हर बिहानीमा नाकबाट सिगान झरिरहँदा म फुरुङ्ग परेर हिडीराखेको हुन्छु ।

 धेरै पछी हिजो एउटा बगानमा गएँ,करिब दुई बर्षपछी । बोट बिरुवा अली मूर्झाएका जस्ता थिए तर थुप्रै जोडीहरू एक अर्काको न्यानो अँगालोमा बाधिएका थिए । सोध्न त मन थियो तर आँट आएको थिएन । पिसाब गर्न जाँदा एउटा संगै छिरेको केटोलाई सोधें," यो जाडोमा गार्डन भन्दा घरमा छतको घाम न्यानो है?" "यो जाडोमा एक अर्काको सास पनि न्यानो"।  उसको जवाफले म हैरान भएँ । जाडोको मिजास पनि कस्तो !
                        
            

Tuesday, October 11, 2011

मेरो मन त बौलाहा छ.....!


साँझ झमक्कै परेको छ । बर्द्घाटको बजारमा चहल पहल कम हुँदैछ । म होटेलको छतमा उभिएर आकाश नियाल्दै छु । सबै जना बियर र सितन संगै गफमा मस्त छन् होटेलको बैठकमा । म एकोहोरो पर क्षितिजसम्म हेरिरहन्छु । म उभिएको अघिल्तिर एउटा निकै शान्त,एक्लो घर छ । त्यहि घरको कुनै कोठाबाट मिठो बाँसुरीको धून मेरो कानमा बारम्बार ठोक्किरहन्छ । बाँसुरीको धून मिठो न हो तर मनको धून सार्है मिठो । 

मेरो मन त यस्तै छ । लह लह झुलेका धानका बालाहरुसंगै लहरिन्छ । बियरको चुस्की भन्दा बाँसुरीले जित्छ,झन आफ्नै लहडमा सोच्न थाले त्यहि लहडले जित्छ मेरो मनलाई । संगीतले मनको पक्षी जनमाउंछ अनी मन नितान्त रमाउंछ सुसेलिरहेको हावासंगै;मन एक्लै नाँच्छ म स्टेजबाट ओर्लिएर मेरो दर्सकलाई नाचिरहेको हेर्दा; अनी मेरो मन त बौलाहा पनि छ। यो बौलाहा मन कतिखेर त्यस दर्सकको हूलमा आएकी कुनै एक बैंन्सालु चिरिच्याट्ट परेकी तरुनीलाई ताक्न थाल्छ अनी मौजी सपनाहरु बुन्न थाल्छ । म कार्यक्रम संचालन गर्दै गर्दा मेरा दर्सकहरु स्टेजमा जोसिएर आउंछन् अनी कम्मर भाँची भाँची नाँच्न थाल्छन,गायकहरु झन मच्ची मच्ची गाउन थाल्छन: म दंग पारेर हेर्छु त्यो उत्साहप्रद भिडलाई तर मेरो मन त्यसरी शान्त रहन सक्दैन । मन उफ्रिएर भाग्छ मबाट अनी त्यहि भिडमा छम-छमी नाच्न थाल्छ । नाचेको मन कति राम्रो,खुसी मन कति राम्रो,सन्तुस्ट मन कति राम्रो...!! 

 मेरो मनले सोच्नै जानेको छैन । यो त फिरन्ते जोगी जस्तै छ । त्यसैले मेरो मन बौलाहा लागेको होला अरुलाई । मन्दिरको सिंढीमा बसेर केरा लुकाइ लुकाइ खाइरहेको बाँदरको भाग चोरुं भन्छ मेरो मन । एक्दम निर्धक्क सँग जिउंछु भन्छ मेरो मन । रिसले चुर भई पीटुला झै गरेर आउनेलाई मिठो बचन बोलेर,थपथपाएर मुसुक्क हांसिदिन्छ । बाटोमा राम्री केटी देख्यो भने अघि पछी उन्को उफ्री उफ्री दाम्लो फुकेको बाछी जस्तै नाचिदिन्छ । खोला देखे माछाहरुसंगै पौदिन थाल्छ,भ्यागुताहरुसंगै ट्यार ट्यार गीत् गाउंछ,गङ्गटाहरुसंगै लुकामारी खेल्छ ढुङ्गाको चेप चेपमा ।    

मेरो मन त घुलिन्छ नुन चिनी जस्तै हरेक अवस्थामा । दुखी देखे झन दुखी हुन्छ,गरिब देखे करुणामयी क्रन्दन गर्छ । म आफु त मासु खान्न । तर यो दशैं मैले मेरो मनको बाटो रोजें । मेरा बिरालाहरुलाई मासु ख्वाएं । तीनले छिमेकीको घरको झ्याल अगाडि हेरेर बसेको मेरो मनले सहनै सकेन । मेरो मन यस्तै छ; दुध चोर्न आउने बिरालाहरुसंगै लय हाली हाली म्याँउ गर्छ,जुन्किरीसंगै रातमा सैर गर्छ,ताराहरुलाई आँखा झिम्क्याउँछ अनी पर पर क्षितिजसम्म बादलसंगै लहरिन्छ । आम जिवनहरुभन्दा फरक छ, धेरै धेरै नै प्रिथक छ ।त्यसैले होला सबैका लागि मेरो मन बहुलाएको.............!!                               

Thursday, March 31, 2011

The Fake Diary

It was a beautiful evening. I saw her at Sundhara and we even exchanged few words. She has avoided me for almost a year.
"she still loves you". My friend asserted.
"Don't be stupid".
"Did you look at her eyes? It was moist and she was trying hard to appear comfortable".
"I am talking no more on this. I am leaving". So, i took my leave alone atop the small hill of Halchowk. The wind was hitting hard on my face.I am familiar with it, it possess that same aroma. It has never changed from the time i have been here during the time i felt lonely, sad,irritated and desperate out of emptiness within me. It's aroma has always filled me with love,insanity and creativity.The void within me is resonating now and i smile and thank it for being there.

I was desperate to see her.But she was right in front me and i don't remember looking at her.All these years, I have been contemplating my love for her.I have been so much fascinated by my feelings for her that i have forgotten how she feels for me.Isn't that absurd?Isn't it madness that i have renounced joy for so many months. I have robbed myself of my feelings, or endless moments and seconds of ephemeral joy. Why is joy so momentary? Maybe I am right if i say nothing is eternal or another way round, everything is short lived.

'So, love is not eternal. Neither is she'- I whispered to the wind. I could feel that it was listening to me. It gently caressed my hair,the way my mother does when i am tired and sit by her side. Suddenly, she does not become important to me.I feel as light as the wind. I reassured myself that I should not live in either my past or my future.

The secret of life is not in the past.Future can neither be revealed.The complex words of my diary, the books i have read and the movies i watch do not reveal my life.I remember the words of 'tathagat' wherein he stresses that our attachment towards the things corrupt us not the things themselves.Love has always been there in abundance. My expectations were in the wrong place.

Just like Santiago says,"Maktub". It is written.I should just listen to my heart and move on.The road is long with ups and downs, it is dusty and smooth and there are bends. But i have enjoy every bit of it. I deserve it. Destiny is there to guide me.
May be the wind has read my mind.It went off as if to leave me at peace. I sit down and open my diary.

I have been content in my past.I begin to turn the pages of my diary.Every page, each words appear dull to me. They are lifeless. It is against the nature. I have never seen my Cats cry and complain. I have never felt the plants in my garden complain. They just live it sharing their blossoms in the spring.The dairy suddenly appears fake to me.I am burying it among the sands and move on to explore the life that i have. The journey has just begun..............


















Tuesday, March 15, 2011

सवरी

त्यो दिन पुरानो याद् जस्तै अमीलो थियो,निरस थियो। असार श्रावनको पानी जस्तै धमिलो थियो ।मेरो छेउबाट एक जोडी हिडिरहेका थिए । नौ-दस कक्षामा पढ्ने जस्ता देखिन्थे । "फाल्गुन चैतमा पनि के भाको होला यस्तो?"- केटी भन्दै थि' । म पनि एकछिन आकशतिर हेरेर सोच्न थालें । मेरो आमाले सुनाउनु भएको सिलोक याद् आयो । सिलोक उनै मामाघरे हजुरबा स्वर्गिये खेमनाथ उप्रेतीले गाउनु भएको थियो करिब  चार पाँच दसक अगाडी। आजको परिबेशमा यो झन सान्दर्भिक छ:          

साउन मासमा धुलो उड्छ,
                 चैत मासमा बर्खा
समयले घुमाइ ल्याउंछ
                उल्टो उल्टो चर्खा ।

बाटोमा हिड्दै,आकशतिर हेर्दै कालो बादलमा अक्रिती कुँद्नन थालेको थिएँ । हरेकचोटी धर्ति निलुला जसरी मुख बाइरहेको अक्रिती आउँथ्यो । मन रोमान्चित भएर आयो । अफिस जानका लागि कुद्नेहरुको हूल थियो सडकमा। हतास,आतुर,ब्यग्रहरुको भिडमा म रमाएको थिएँ । छेउको पसलमा रेडियोले जापानमा गएको भुकम्पको बारेमा फलाकिरहेको थियो । आणविक भट्टीमा भएको बिस्फोटले एसिया महाद्विपभरी त्रासदी फैलाएको थियो । पुरानो ट्रली बसपार्क पछाडि एउटा पान पसल छ । त्यहाँ केही अध्बैन्सेहरु ब्यापक छलफल गरिरहेका थिए । अब त जापानी केटी छुनै नहुने भयो भनेर हाँस्दै थिए । कोहि अब नूनको अभाब हुने भन्दै नून किन्न सल्लाह दिरहेका थिए । म निसब्द, मौन,शान्त र एक्लै अगाडि बढीरहेँ ।  पत्तै नपाई कार्यालय भवन् अगाडि आइपुगेछु । म अवाक भएर अलि अगाडि सडक पारिपट्टी हेरिरहेँ ।
\
 त्यो त्रिपुरा सुन्दरीको मन्दीर । त्यससँग जोडिएका बल्यकालका याद्हरु जो त्यो बादल जस्तै धमिलो छ, ती कलेज दिनहरु जब म क्लास नगै नगै कुनै केटीसँग त्यहाँ आएर बसेको थिएँ जुन  सम्झदा खुशी  लाग्छ । पर कुनामा जाइ हरियो भएर फूल लाग्न लागे जस्तो लाग्यो । एकट्क उभिएर हेरिरहेँ । या याद् ताजा गर्न हो,या याद्ले दुखेर हो, या कुनै हराएको चिज देखे जस्तो लागेर हो ।  

 त्रिपुरा सुन्दरीको गजुर मत्तियेको थियो। बादलले ढाकेको आकाशमा सुर्य लुका मारी खेलेको हो की जस्तो भान हुन्थ्यो। लेउ,खियाको बीचबाट त्यो गजुर सुर्यलाई जिस्काइरहेथ्यो । एकदिनलाई भए पनि घाम भन्दा चम्किलो देखिएको  थियो । मलाई पनि तेस्को घमन्ड देखि डाहा लाग्यो । त्यो गजुर देखि ईस्र्या लाग्यो ।म अफिस नगै सिधा त्यो मन्दिर भित्र छिरें । 

त्रिपुरा  सुन्दरीको परिसर त नानाथरी कार्यालयहरुले खायेछन् । गृह मन्त्रालयको पनि एउटा कार्यालय रहेछ । मन्दिरका सिढींहरु भत्किन लागेका जस्ता देखिन्थे । दुबो पनि उम्रिएको रहेछ ठाउँ ठाउँमा ।रंग उढिसकेको भित्ताहरु,फोहोर र संरक्षणको प्रयासको अबाभले मन्दिर पनि त्यो दिन जस्तै थियो ।  कसैले कुममा हात राखे जस्तो लाग्यो । सिमान्त रहेछ । संगै काम गर्ने साथी मेरो । चुरोटको धुँवा मेरो मुखतिर फ्याक्दै लाउनुस येस्तो बेलामा यो भन्दा राम्रो अर्को औषधी छैन भन्न थाल्यो । म हाँसे मात्र ।  सबै सोचको प्रादुर्भाब हो । त्यो अंबली हुनुमा कसैको दोश छैन । म अंबली हुन चाहन्न । कम्जोरी ढाक्न बलियो बन्ने हो कम्जोर होईन । चुरोटको धुवाँले उस्को फोक्सोको भित्ताहरु त्यो मन्दिरको भित्ता जस्तै पारेको होला ।

मैले सुइय सुस्केरा हालें । निकै ठुलो पहाड उकले जस्तो ; एउटा गरो जोती भ्याएको हलीले जस्तो । सुस्केरा सन्तुस्टीले प्रत्याभुत भए जस्तो ।

 उ हेर आयो ! आयो ! याद्हरुको भंगालोले छोप्यो । मेरो बर्तमान सोत्तर पार्ने गरि आयो; भाट्भटेनी , पशुपति,स्वप्नबाग ,बलुवाटार , जोरपाटी ।  आवाजहरु पट्यार लाग्दो;किरिमिरी कस्तो कस्तो,कन्चट मै हाने जस्तो;भाउन्न भएर आयो ।  च्याप्प समातेछ साथीले। लथ्र्याक लुथ्रुक्क परेको मेरो शरीरलाई उस्ले आड लगाइदियो जाइको फेदमा ।