Showing posts with label beliefs. Show all posts
Showing posts with label beliefs. Show all posts

Monday, March 26, 2012

शुभ बोल बोल

बिहान सवेरै यसो हाथ-खुट्टा तन्काउन रानिबनतिर हिड्दै थिएं । टहलिंदा टहलींदै घाम निधारसम्म आइपुगेछ । घर तीर लम्किए । घर आइपुग्दा आमा कौसीबाट कराउंदै हुनु हुन्थ्यो । गेट छेउमै उभिएको बिजुलीको खा'मोमा बसेर काग कराइ रहेको थियो । " हा ! हा ! शुभ बोल बोल ", आमा कराउंदै कागलाई धपाउने कोशिश् गर्दै हुनु हुन्थ्यो ।  काग एकोहोरो चर्को चर्को सँग कराउंदै थियो ।


मेरो ध्यान कागतिर गएन । सृस्‍टिले उसमा दिएको गुण अनुरुप चलिरहेको थियो, त्यसमा के दोस कागको ? हाम्रो धार्मिक संस्कारनै केलाउने हो भने पनि, काग यमको सन्देस बाहकको भूमिका अटुट रुपमा निभाउदै जब काग दिनभर घर नछोडी कराएको केही दिनमा मेरि हजुरआमा बित्नुभो' मलाइ कागले बहन गरिरहेको एउटा जिम्मेवारी प्रति ईस्र्या लाग्यो  

 तर मान्छे !...मान्छेले  मेरो ध्यान  तानिरह्यो । एक अर्कालाई मार्ने मान्छे, काट्ने मान्छे, एउटा  मान्छेको सबैभन्दा डरलाग्दो दुश्मन अर्को मान्छे । जहाँ जान्छु, जो सँग बोल्छु; अर्को मान्छेको कुरा काट्नमा ब्यस्त छ मान्छे, अर्को ब्यक्तिलाई खसाल्नमा ब्यस्त छ अधिकांस मान्छेको सोंच ।  मैले सोंचे," शुभ बोल बोल " त मान्छेलाई सबैभन्दा पहिले भन्नु जरुरी रहेछ । मैले त सुरु पनि गरिसकें । म काहीँ जाँदा,कसैसँग बोल्दा पहिले आफ्नो लागि अनी आफूसँग वार्तालापमा सहभागी हुनेहरुका लागी  म त भनि हाल्छु " शुभ बोल बोल" । 

सबैको सोँच शुभ रहोस, सबका वाणी शुभ रहुन । धन्य काग...!!!