बिहान सवेरै यसो हाथ-खुट्टा तन्काउन रानिबनतिर हिड्दै थिएं । टहलिंदा टहलींदै घाम निधारसम्म आइपुगेछ । घर तीर लम्किए । घर आइपुग्दा आमा कौसीबाट कराउंदै हुनु हुन्थ्यो । गेट छेउमै उभिएको बिजुलीको खा'मोमा बसेर काग कराइ रहेको थियो । " हा ! हा ! शुभ बोल बोल ", आमा कराउंदै कागलाई धपाउने कोशिश् गर्दै हुनु हुन्थ्यो । काग एकोहोरो चर्को चर्को सँग कराउंदै थियो ।
मेरो ध्यान कागतिर गएन । सृस्टिले उसमा दिएको गुण अनुरुप उ चलिरहेको थियो, त्यसमा के दोस कागको ? हाम्रो धार्मिक संस्कारनै केलाउने हो भने पनि, काग यमको सन्देस बाहकको भूमिका अटुट रुपमा निभाउदै छ । जब काग दिनभर घर नछोडी कराएको केही दिनमा मेरि हजुरआमा बित्नुभो' मलाइ कागले बहन गरिरहेको एउटा जिम्मेवारी प्रति ईस्र्या लाग्यो ।
तर मान्छे !...मान्छेले मेरो ध्यान तानिरह्यो । एक अर्कालाई मार्ने मान्छे, काट्ने मान्छे, एउटा मान्छेको सबैभन्दा डरलाग्दो दुश्मन अर्को मान्छे । जहाँ जान्छु, जो सँग बोल्छु; अर्को मान्छेको कुरा काट्नमा ब्यस्त छ मान्छे, अर्को ब्यक्तिलाई खसाल्नमा ब्यस्त छ अधिकांस मान्छेको सोंच । मैले सोंचे," शुभ बोल बोल " त मान्छेलाई सबैभन्दा पहिले भन्नु जरुरी रहेछ । मैले त सुरु पनि गरिसकें । म काहीँ जाँदा,कसैसँग बोल्दा पहिले आफ्नो लागि अनी आफूसँग वार्तालापमा सहभागी हुनेहरुका लागी म त भनि हाल्छु " शुभ बोल बोल" ।
सबैको सोँच शुभ रहोस, सबका वाणी शुभ रहुन । धन्य काग...!!!