Showing posts with label Nepali. Show all posts
Showing posts with label Nepali. Show all posts

Friday, January 24, 2014

स्मृतिपटमा विलिन .....


मलाई कुममा बोकेर हजुरबा हिड्दै हुनुहुन्थ्यो। म चाही डरले उनलाई भुत्ल्याउदै , लात्ताले हिर्काउदै थिए।
 हाय जिन्दगि ! स्म्रितिपटमा बिस्तारै विलिन हुदै छ; जसै उनी समयको नोक- झोकमा विलिन भए।  बस् जिन्दगी यत्तिनै रहेछ, आउनु र विलिन हुनु।  गाह्रो त याद लिएर बाच्नेहरुलाइ हुने रहेछ। 

म घर पुग्नेबित्तिकै आगनमा आमा आउनु भो। आँखा रसीलो पार्दै म्वाई खाएर सुम्सुम्याउनु भो। त्यो अलौकिक क्षणपछी म हजुरबुवाको कोठामा गए। ठुलो  हजुरबा , हजुरआमा , काकीहरु  सबै थिए।  ओर पर छर छिमेकीहरु आउने जाने क्रम चलिरहेथ्यो। दुई महिनासम्म थला परेको,कुप्रिएको शरीर, पानी भरिएर सुन्निएको आँखा, अथाह पीडामा पलेटी कसी बसेका मेरा हजुरबा। 

"माथि हेर्नुस् त बुवा ,उ जेठो नाति आयो। सुदीप आयो। " मेरो बुवाले भन्नुभो। 

"सुदीप आयो भन्दै ,बल गरेरै शिर उठाएर मतिर हेर्नुभो।" आँखाबाट आँसुका दानाहरु झार्दै मलाई समात्नु भो। "मलाई छोडेर नजा है अब ",हजुरबाले भन्नुभो।  

माथिल्लो टोलमा यो गाउँको वीर ढल्यो अब भने 'रे। उनी रहिञ्जेल्सम्म आगनभरी आगन्तुकहरु, सुभेच्छुकहरुको कमी भएन। चौतारामा संगै उक्लिने उनका दाई  अब एक्लै जानेछन।  घर घरमा पुगी सोध्ने, खोज्ने एउटा सहृदयी पात्र उनलाई जान्नेहरुले गुमाए। तर मैले सत्य गुमाए।  एउटा सिधा साधा इमानदार कर्मयोगी गुमाए। मेरो भाइले त एउटा मुटुको टुक्रा गुमायो।  मेरो परिवारले आड लाउने भित्तो गुमाए। 

"पार्वती, मेरा यस्ता राम्रा छोरा -बुहारी, नातिहरु छन्। यत्तिका संपत्ति छ ,मैले कसरी छोडेर जाने होला। " मेरो आमालाई बोलाएर बिस्तारै मलिनो स्वरमा  भन्नुभो। मनुष्य चोला यिनै इच्छा आकाँन्क्ष्याहरुको  घम्सा-घम्सी रहेछ फगत्। 

आज तेर्हौ पुण्य तिथीको दिन उनी सम्झनाका पत्रहरु चिर्दै छन् मेरो मस्तिस्कमा। धेरै सपनाहरु ओइलाए ,मुर्झाए। उनी अब एउटा अद्रिस्य सपना भए।

 बिहान एक्लै हिड्दा सेतो तन्ना देख्छु , तुसारोको। जती अघी बढेपनि बस् सेतै देख्छु। जिन्दगी'नि त्यस्तै भएछ।  हा ! सबै अदृस्य स्मृतिमा विलिन भैरहेछ। 


Tuesday, May 22, 2012

मेरो देश खोज्दै

सडकहरू सुन-सान छन । सुर्यदेवलाई धन्यबाद् दिन्छु । मेरा कानहरू बिहान-बेलुकी सडक, पत्रिका, टि.भी, रेडियोमा गुन्जिने आवाजहरूले कसो बहिरा भएनन् ।  सबै जातले आफ्नो आफ्नो राज्य माग्दै गर्दा म यो चर्को घाममा मेरो देश खोज्दै छू ।

मेरो देश जहाँ म ब्राह्मनको छोरो, छिमेकी राईनी आमैलाई ठुली आमै भनेर पुकार्थें । पल्लो कोठामा जाडको घ्याम्पो हुन्थ्यो र वल्लो कोठामा मलाइ दुध चिउरा दिन्थिन । उनी परलोक गएको ८-१० बर्ष भो, उनसंगै मेरो देश'नी कता गयो कता !    मेरो देशमा कहाँ लेक मा कुनै एउटा मान्छे मर्दा, बेसिमा हाम्रा बौ-बाजे गनगन् गर्थे । मानो- पाथी थियो, K.G  भन्ने थाहा थिएन  । झुपडी थिए, पक्का घर मुस्किलले भेटिन्थ्यो । गरीब थिए तर पेट भोको कसैको थिएन । ठुला- ठुला परिवार हुन्थे, सानो परिवार सुखी परिवार भन्ने थिएन । पाउरोटी सुनेका थियौं, खान हुन्न भन्थे । मकैको रोटी या कोदाको ढीडो जिब्रो फट्काइ-फट्काइ खान्थ्यौं । बा'ले शहर घुमाउन ल्याउदा झिलिमिली थियो, रमाइलो थियो । शहर सफा  थियो । बागमती नी नुहाउन लगे; हाम्रो गाऊँको खोलो जस्तै सफा थियो ।

हा ! मेरो देश, कठै ! मेरो देश । गर्छु भन्नेले नी' गरि खान पाउने भएनन् । हरेक दिन बन्द छ, चर्का नाराहरू छन् । गर्मीले पोल्न थालेपछी म एउटा रुखको छहारिमा बस्न खोज्छु । एउटा पागल छेउमै बसेर फत्फताउदै थियो । मलाइ देखेपछी उ झन् झन् चर्को स्वोरले कराउन थाल्यो । अरु दुई चार रमितेहरू कुरा सुन्न थपिए ।

"मेरो राज्य ६०१ दलालहरूले बेच्दै छन् । तीनलाई तैं चोरहरूले देश् बेच्न पठाएको हो । त्यहाँ नाइके जति सब ब्राह्मन जातको छ बुझिस । " म स्तब्ध भएँ । कोइराला, भट्टराई, दाहाल, पौडेल, वली, नेपाल जस्ता केहीले ब्राह्मनको परिभासा फेरिदिएछन । ब्राह्मन कुनै जात होईन । ब्राह्मन सत्य हो, ब्राह्मन भक्तिमा लिप्त हुनुको अवस्था हो । ब्राह्मन ज्ञान हो, तत्वबोध हो ।   जो ब्राह्मन हो, उसका लागि जिब, निर्जिब सब समान हो । मैले भनेको छु, म ब्राह्मनको छोरो हो, स्वयम् ब्राह्मन होईन । 

"  सुक्रे पनि त यही रहेछ ।"   त्यहि हुलबाट परिचित अनुहारहरू देखा पर्छन । चिनेकाहरूले सुक्रे भनेर बोलाउछन । सुक्रात पनि बहुलाहा जस्ता थिए रे, म नी त्यस्तै छु रे ! म रातो पिरो हुन्छु । मनमनै डर लागेर आउछ । कतै देश खोज्नु पागलपन त होईन ? मलाइ अब यिनले थाहा पाए भने के  भन्लान् ?  

   साना- साना भुराहरूलाई बाबु- राजा भन्छन्, आइस्यो र गैस्यो भन्न सिकाउछन यो सहरमा । हाम्रा गाऊमा बेलुका आगनको डीलबाट " ए राडी- मुर्दारहो तिमीहरूलाई घिच्न पर्दैन ? छिट्टो मर त" भनेर खाना खान बोलाउछन अधिकान्स आमाहरू । तर शहरका बाबु- राजाहरूमा न बा- आमा प्रति, न समाज प्रति न देश प्रति कुनै लगाव छ । हाम्रा गाऊका राडी- मुर्दार धेरै जिम्मेवार र परिपक्व छन् । ती पनि म जस्तै "एकादेस"को मेरो देश खोज्दै होलान् । के म लगायत ती सबै पागल होलान् त ?

मेरो देश नेताहरूको जातिय राजनितीको हतीयार बन्दै छ । म कोँगो, रुवान्डाको जातिय द्वन्दका दर्दनिय कथाहरू सम्झन थाल्छु । म भाव सुन्य हुन्छु ।

  "ओइ सुक्रे भाई कता हिंडेको । अनी कतै नहेरी हिंडेको छौ त ?" लामा दाइको पसल अगाडी आइपुगेछु । डल्ले- डल्ले यी दाई, तमाङ लामा हुन् । यो सहरमा पढ्न बसेदेखी साँझपख गफ गर्दै चुरोट खाने गर्छौ हामी । अरु पनि बन्दले गर्दा त्यहि आएका रहेछन् । चुरोटको धुवा संगै जीवनका सूख- दु:ख देखि बाटोमा हिड्ने तरुनीलाई संगै बसेर जिस्काउदै धेरै बर्षका साँझहरू यहाँ बितेको छ ।  

 "त्यो संबिधान सभा भवनमा गएर बम पद्काइदिउ न ।" छेउमै उभिएका फर्निचर पसलका मधेसी दाईले कुरो अगाडी बढाए । त्यहाँ नी' मेरो देश खोज्दै रहेछन् सबै ।

" त्यसो गर्नु हुन्न । त्यति राम्रो भवन छ । नेपालमा फेरि त्यस्तो भवन बनाउने कोहि राम्रो मान्छे जन्मेला जस्तो छैन । तीनलाई देश निकाला गर्नु पर्छ ।" अर्का लोकसेवामा खर्दारको जाँच दिएर बसेका मास्टर साप बोले ।

"हाम्रो सुक्रे भाईको केही भन्नु छ की ?" त्यसै घरका घरबेटी दाईले सोधे ।

"मेरो देशको साशनको बागडोर  जनताको हाथमा हुनुपर्छ दाइ । दुई चारवटा पार्टीको काने-खुसिको भरमा राज्य चलिरह्यो भने यो भन्दा धेरै दुखदायी दिनहरू आउनेछन ।" म यति भन्दै चुप रहिरहे । सबै स्तबध भए । मौन स्विक्रिती जनाए । शायद म जस्तै यी पनि आफ्नो देश खोज्दै छन् ।  







              
       

Wednesday, April 11, 2012

उध्रिएका सपना


उध्रिएका सपना
   सिलाउने के ले हो
गैसकेको  बैंस
   फर्काउने कस्ले हो ।।

दौतरि त पाखा लागे
   भेट्ने  कसलाई हो
ब्यथाहरू गाठो परे
   सुनाउने कसलाई हो ।।

गीतहरू लेखेको
   गुन-गुनाउने कस्ले हो
मदिराको प्याला
  साथ् दिने कस्ले हो ।।

Monday, March 26, 2012

शुभ बोल बोल

बिहान सवेरै यसो हाथ-खुट्टा तन्काउन रानिबनतिर हिड्दै थिएं । टहलिंदा टहलींदै घाम निधारसम्म आइपुगेछ । घर तीर लम्किए । घर आइपुग्दा आमा कौसीबाट कराउंदै हुनु हुन्थ्यो । गेट छेउमै उभिएको बिजुलीको खा'मोमा बसेर काग कराइ रहेको थियो । " हा ! हा ! शुभ बोल बोल ", आमा कराउंदै कागलाई धपाउने कोशिश् गर्दै हुनु हुन्थ्यो ।  काग एकोहोरो चर्को चर्को सँग कराउंदै थियो ।


मेरो ध्यान कागतिर गएन । सृस्‍टिले उसमा दिएको गुण अनुरुप चलिरहेको थियो, त्यसमा के दोस कागको ? हाम्रो धार्मिक संस्कारनै केलाउने हो भने पनि, काग यमको सन्देस बाहकको भूमिका अटुट रुपमा निभाउदै जब काग दिनभर घर नछोडी कराएको केही दिनमा मेरि हजुरआमा बित्नुभो' मलाइ कागले बहन गरिरहेको एउटा जिम्मेवारी प्रति ईस्र्या लाग्यो  

 तर मान्छे !...मान्छेले  मेरो ध्यान  तानिरह्यो । एक अर्कालाई मार्ने मान्छे, काट्ने मान्छे, एउटा  मान्छेको सबैभन्दा डरलाग्दो दुश्मन अर्को मान्छे । जहाँ जान्छु, जो सँग बोल्छु; अर्को मान्छेको कुरा काट्नमा ब्यस्त छ मान्छे, अर्को ब्यक्तिलाई खसाल्नमा ब्यस्त छ अधिकांस मान्छेको सोंच ।  मैले सोंचे," शुभ बोल बोल " त मान्छेलाई सबैभन्दा पहिले भन्नु जरुरी रहेछ । मैले त सुरु पनि गरिसकें । म काहीँ जाँदा,कसैसँग बोल्दा पहिले आफ्नो लागि अनी आफूसँग वार्तालापमा सहभागी हुनेहरुका लागी  म त भनि हाल्छु " शुभ बोल बोल" । 

सबैको सोँच शुभ रहोस, सबका वाणी शुभ रहुन । धन्य काग...!!!              






    

Friday, March 9, 2012

नारी दिवस अनि मेरो आफ्नै गन्थनहरू ..

अन्तरास्ट्रिय नारी दिवस । हिजै बेलुका देखि लेख्छु भन्दा भन्दै आज बेलुका भयो । के लेखुँ ,मनभरी कुराहरु छन् । दुई दिन देखि आफ्नै अन्तर-कुन्तरमा बहस चलेको चल्यै छ ।  अधिराज्यका पढे-लेखेका महिलाहरू, स्वभिमानी महिलाहरू, श्रीमानका पद र पैसाको तुजुक देखाउन पाएका महिलाहरू, श्रीमान र परिवारलाई पालिरहेका महिलाहरू, सुकिला- मुकिला देखिने महिलाहरू अनि मिठा- मिठाइ लाग्ने नारी दिवसमा घुलेका महिला सशक्तिकरनका अवाजहरु , समानताका अवाजहरू, अवसर र चुनौतिका लागि  गुन्जिरहेका अवाजहरू ।

तर कति बुलन्द छन् त यी अवाजहरू ? के यी अवाजहरू अस्ति भर्खरै 'बोक्सि'को आरोपमा आफ्नै गोठछेउ निर्घात कुटाइ खाइ, जलाएर मारिएकी महिलाको गाऊँमा पुग्छन् । पुग्दैन भने अझै जोडले कराउनु पर्‍यो, त्यसो गर्न सकिदैंन भने बन्द गरिद्नु यी अवाजहरू ।  मेरि अस्ति भर्खरै ९४ बर्षको उमेरमा बित्नु भएकी हजुराआमाले सुन्नुभएको भए सबैलाई यही भन्ने थिईन । कर्म गरेपछी नतिजा आउदैन भने त्यस्ता कर्म गर्नेलाई झटारो हान्थिन मेरि मामाघरे हजुरआमा । 

 नारी अदित्तिए प्रेम, धैर्य र प्रकृतिको स्वरूप हुन । यो कुरा पुस्तौँदेखी हाम्रा शास्त्रमा लेखिएर आएको छ । मैले पनि स्कुल पढ्दा घोकेको दुई लाइन  याद् आयो :   " यत्र नारी यस्तु पुज्यन्ते:  
                                                                          रमन्ते तत्र देवता "।
जहाँ नारीको पूजा हुन्छ, त्यहा देवता पनि रमाउछन ।   मन्दिरै मन्दिरको शहर भएको हाम्रो देशमा, श्रद्धालुहरूको ओइरो लाग्ने हाम्रो देशमा, देवता रमाएका छन् की छैनन् ? म नित्से होईन तर मेरो यो प्रश्न हरेक जिम्मेवर नागरिक माथी तेर्सौउदै छु ।  जुन देशमा "छाउपेडी"मा एउटा महिलाको रजस्वलाको समयमा मृत्‍यु हुन्छ, जहाँ जिम्मेवार पदमा आसिन पतीबाट निहत्था श्रीमती मरिन्छिन, दाइजोका नाममा अझै शोषन हुन्छ,बोक्सी बनाई बनाइ मार्छन, अर्धाङी भनि भनि बैबाहिक हिन्सा, अत्याचार,मानसिक प्रताडना दिन्छन्, के त्यहा तिम्रा देवता खुशी होलान् ? जुन मन्दिरहरूमा देवता खुशी छैनन्, बन्द गर जान ती  मन्दिर?   

  मैले मन्दिरको मर्म बुझेको छैन । नेपाल र भारतका प्राय मन्दिर घुमे तर मैले मेरो देवता भेटिन । साधुहरूसँग बसें, सन्तहरूसँग हिंडे, गँगोत्रीमा घन्टौसम्म कुर्दा पनि मैले जवाफ नपाएपछी रिसले चुर भएर हींडेथे । घर आइपुग्दा प्रेमले मुसार्दै मेरो छोरो कहाँ पुगेर आयौ भन्दै निक्लेकी मेरि "आमा" मा मेरो देवता पाएँ । म नास्तिक होईन किनकी अस्ति भर्खर बितेकी मेरि हजुरआमा जै'ले बिदा हुने बेला आँगनमा मलाई म्वाइ खाँदै खुसुक्क मेरो गोजीमा पैसा हालिदिन्थिन अनि उनको जोडी आँखाबाट थोपा थोपा आसुँ पालै पिलो चाउरी परेका गाला हुँदै कलेटी परेर सुकेका ओठसम्म आइपुग्थे । मेरो देवता त्यतिखेर भेटें  ।

  ' नारी दिवस कसका लागि मनाउछौ ? अवाज भएका महिलाहरू जस सँग स्वर छैन तीनको स्वोर बन अनि जोड जोडले चिच्याउ ताकि पहराहरू पछाडि लुकेका झुपडीहरूमा सुर्यदय भन्दा पहिले तिम्रा अवाजहरू गुन्जिउन ! सक्दैनौ भने बन्द गर अवाजहरू........!!! ',    हा ! आज क्रान्ति ओकल्दै छ मेरो कलमले पनि ! 

   तर साँचै नै परिवर्तन् देख्नु छ भने हरेक अवसर पाइरहेका महिलाहरूले आँफै बाट सुरु गर्नु पर्दछ । तब मात्र परिवर्तनको सन्देसका सम्बाहक बन्न सक्दछन् । नेपालि चेलीहरू पुरुष जस्तै साउदीमा छन्, लिब्यामा छन्, अमेरिका अनि यूरोपमा छन् । फेसबूकमा एउटा फोटोमा 'बिकिनी'मा देखिएकी मेरि केटी साथि अर्को फोटोमा त्यतिक्कै सुन्दर 'सारीमा' सजिएर फोटो हाल्छे अनि म दंग पर्छु ! नेपालमा परिवर्तन र अधुनिकिकरन त आएको छ तर केही न्युन प्रतिसतमा सिमित छ । मेरा अघिल्ला कुराहरुमा बिरोध प्रकट पक्कै गरेको होईन । म चाहन्छु नारी दिवस साँचै देशका हरेक नारीहरूको पर्व बनोस् जहाँ हरेक नारी समान रूपले सीक्षीत र आफ्नो जीवनको निर्णय स्वयमले गर्ने सक्ने अधिकार र स्वतन्त्रताले ले सम्पन्न होउन् !   

        

            

Tuesday, August 16, 2011

लेख्छु लेख्छु भन्दा भन्दै.....

लेख्छु लेख्छु भन्दा भन्दै सेलाएछन् भावहरु 
स्रीजनामा केवल रह्यो शब्दका लासहरु 
पुछुँ पुछुँ भन्दा भन्दै बगेका आँसुहरु 
ओठमा सजियो फिक्का-फिस्स हाँसोहरु  ।।  

भन्छु भन्छु भन्दा भन्दै फुत्किएछन पलहरु 
यादमा बांचिरह्यो मुर्झाएका मनहरु 
भेटेँ भेटेँ भन्दा भन्दै टाढीएका आफ्नाहरु 
परायामै खोजिरह्यो मिठा नुतन स्वप्नाहरु ।।

पुगेँ पुगेँ भन्दा भन्दै हराएका गन्तब्यहरु 
होस्टे हैंन्से तालमै गुज्रिरह्यो जीवनहरु 
टेकेँ टेकेँ भन्दा भन्दै देखेका असिमित चुचुराहरु 
अन्तै भुलिरह्यो जब भित्रै थियो खुशीहरु     ।।

फर्क फर्क भन्दा भन्दै छिरेका मन्दिरहरु 
मुर्तीमै सिमित रह्यो प्रेम,श्रद्धा,विश्वाशहरु 
भरियो भरियो भन्दा भन्दै रित्तिएका मनवताहरु 
कात्रोहरु बनिरह्यो जलिनै रहे लासहरु ।।




  



Saturday, June 11, 2011

आज एउटा गीत लेखुं

आज एउटा गीत लेखुं प्रीत निवासमा
नांगिए'छ हृदय हजुर पाना पानामा

 आउछीँन की भनि बाटो हेर्छु हर सन्ध्यामा
गुहारे'छु पागल झैं मन्दिर,मस्जिद,गुम्बामा

आसुँको तकिया,बिलौनाको बिछ्यौना हर रातमा
भास्सिए'छ जिन्दगी हजुर यो कस्तो रागमा !  

 राप्ती खोली धमिली भइन् यै मासमा
झारे'छु आँसु प्रितको अपुरो आशमा   

साँचेको छु उनको याद सास सासमा
च्यातिए'छ जिन्दगी हजुर फूलको रासमा

Dear Readers,
This is a very very simple poem. But it is very very special for me at the same time.It  was written some eleven years back when i was a 8th grader. I was learning to write Ghazals at the time at the year 2057 end.Through this poem, I would love to thank Netra Atam sir, Bishnu Adhikari sir, Bhola nath Ojha sir, Dhurba Basyal sir and a lot of respect and gratitude goes to Kumar Parajuli sir who discovered a poet, a flambouyant speaker in an introvert guy. Kumar Parajuli sir if it were not for you, i would have never known what a competition is, what it is to win, to participate, to loose, to be appreciated and recognised.

Friday, February 25, 2011

म लेख्छु


म लेख्छु,
त्यो ह्रिदयेको औजारले
चेतन,अर्धचेतन र बिन्दुको सन्सर्गले
पागल प्रेमी,क्रन्दन बिचित्रको
बीक्षिप्त अक्षी रोदनले तेस्को ।
म उठ्छु,
त्यो ह्रिदयेको बैभबले
तेस्को र मेरो सामिप्यको
प्यास,त्रिस्ना,वास्नाले बनेको हाम्रो      
न रती,न मेनका,न मीरा त्यो
जस्तो संगीतले छेडेको राग त्यो
साथी
हाय!हाय! क्या द्रस्टब्य भो
वास्नाको निचोड नितम्ब या बक्ष हो?
प्रेम सुकिलो,कोमल,त्यो अमृत थ्यो
हिर्दयेको पत्र पत्र धुजा धुजा भो      
अवनिभरमा एक्लो चरित्र त्यो
म फुक्छु,
बिगुल अस्तित्वको
नभको चम्किलो तारा  त्यो
 सफलता खोज्छे जादुगर्नी त्यो
प्रेम जोख्छे तराजुमा कस्तो
पासाण कस्ती? चट्टान जस्ती
चटक्क छाडी त्यो भागी
म कोर्छु
कथा,ब्यथा पागलको,सत्यबानको
युद्ध मन्को,तनको,प्रेमको
जो जान्दिन,बुझ्दिन,सम्झिन्न तेसले
अन्तर्मनको,चैतन्यको
कोकिल डाक्छे बसन्त
त्यो प्रेम पलुकित
जागेको नदको ज्योति सरी
छताछुल्ल अगनैभरी  
म देख्छु,
त्यो आएकी टक्क टक्क
वाचाल मुटु ढक्क फुल्छ
कण कण नशको प्रफुल्ल हुन्छ
कल्मस लताले बढारेसरी
झरीले द्वेस पखाले सरी
धिक्क धिक्क यो प्रेम बिचित्र
मनोहर मन्को फोहोरी खेल
एक्लो मन स्वच्छ,स्निग्ध      
म कुर्छु,
त्यसलाई आशा जगाइ
 आएको त्यो देख्नु छ
स्पर्स प्रेमको बुझ्नु छ
ह्रिदयेको गणित हुदैन साथी
शास्त्रले त्यो बुझ्दैन फगत्
म त बिचलित मन्को उपज
चन्चल वायु बह्यो
तेस्को श्वासको सुगन्ध ल्यायो
तेजतेज हेर धड्कन कुद्यो
पत्थर मन आज नुह्यो
म जान्छु,
म हेर्छु,
म भोग्छु,  
त्यो प्रेम अजिब भावगङ्गा
ब्यधा होईन म बोधले हो
श्रवन भाद्र कस्तो आयो
एकपल साथको लागि मन रमायो
त्यो जान्दिन,जग जान्दैन
बेद जान्दैन,जात जान्दैन,धरमा जान्दैन
म लेख्छु
तेस्को प्रतिक्षामा एक जूनी कटायो !
प्रेमले प्रेम रेट्यो
प्रेमले प्रेम्कै माथ टेक्यो
चखेवी हेर भुर्‍रर् उडी
आसाका एक झुन्ड तारा खसे
मनुवा-चखेवा रुदै बसे ।






















Saturday, February 12, 2011

म त बलेको बल्यै छु...


म त बलेको बल्यै छु
ताप्न तिमी आइनौ
न्यानो अन्तै भएछ त
निभाएर किन गैनौ?

मेरो सानिध्यले पोल्यो की तिमीलाई
फर्केर नी हेरिनौ
शितल खोजेको रहेछौ त
पहिले किन भनिनौ?

म त कुरेको कुर्यै छु
भेट्न तिमिले खोजिनौ
मन अन्तै दिएछौ त
 माया लाउंदिन किन भनिनौ?

म त बलेको बल्यै छु
ताप्न तिमी आइनौ....