Tuesday, March 15, 2011

सवरी

त्यो दिन पुरानो याद् जस्तै अमीलो थियो,निरस थियो। असार श्रावनको पानी जस्तै धमिलो थियो ।मेरो छेउबाट एक जोडी हिडिरहेका थिए । नौ-दस कक्षामा पढ्ने जस्ता देखिन्थे । "फाल्गुन चैतमा पनि के भाको होला यस्तो?"- केटी भन्दै थि' । म पनि एकछिन आकशतिर हेरेर सोच्न थालें । मेरो आमाले सुनाउनु भएको सिलोक याद् आयो । सिलोक उनै मामाघरे हजुरबा स्वर्गिये खेमनाथ उप्रेतीले गाउनु भएको थियो करिब  चार पाँच दसक अगाडी। आजको परिबेशमा यो झन सान्दर्भिक छ:          

साउन मासमा धुलो उड्छ,
                 चैत मासमा बर्खा
समयले घुमाइ ल्याउंछ
                उल्टो उल्टो चर्खा ।

बाटोमा हिड्दै,आकशतिर हेर्दै कालो बादलमा अक्रिती कुँद्नन थालेको थिएँ । हरेकचोटी धर्ति निलुला जसरी मुख बाइरहेको अक्रिती आउँथ्यो । मन रोमान्चित भएर आयो । अफिस जानका लागि कुद्नेहरुको हूल थियो सडकमा। हतास,आतुर,ब्यग्रहरुको भिडमा म रमाएको थिएँ । छेउको पसलमा रेडियोले जापानमा गएको भुकम्पको बारेमा फलाकिरहेको थियो । आणविक भट्टीमा भएको बिस्फोटले एसिया महाद्विपभरी त्रासदी फैलाएको थियो । पुरानो ट्रली बसपार्क पछाडि एउटा पान पसल छ । त्यहाँ केही अध्बैन्सेहरु ब्यापक छलफल गरिरहेका थिए । अब त जापानी केटी छुनै नहुने भयो भनेर हाँस्दै थिए । कोहि अब नूनको अभाब हुने भन्दै नून किन्न सल्लाह दिरहेका थिए । म निसब्द, मौन,शान्त र एक्लै अगाडि बढीरहेँ ।  पत्तै नपाई कार्यालय भवन् अगाडि आइपुगेछु । म अवाक भएर अलि अगाडि सडक पारिपट्टी हेरिरहेँ ।
\
 त्यो त्रिपुरा सुन्दरीको मन्दीर । त्यससँग जोडिएका बल्यकालका याद्हरु जो त्यो बादल जस्तै धमिलो छ, ती कलेज दिनहरु जब म क्लास नगै नगै कुनै केटीसँग त्यहाँ आएर बसेको थिएँ जुन  सम्झदा खुशी  लाग्छ । पर कुनामा जाइ हरियो भएर फूल लाग्न लागे जस्तो लाग्यो । एकट्क उभिएर हेरिरहेँ । या याद् ताजा गर्न हो,या याद्ले दुखेर हो, या कुनै हराएको चिज देखे जस्तो लागेर हो ।  

 त्रिपुरा सुन्दरीको गजुर मत्तियेको थियो। बादलले ढाकेको आकाशमा सुर्य लुका मारी खेलेको हो की जस्तो भान हुन्थ्यो। लेउ,खियाको बीचबाट त्यो गजुर सुर्यलाई जिस्काइरहेथ्यो । एकदिनलाई भए पनि घाम भन्दा चम्किलो देखिएको  थियो । मलाई पनि तेस्को घमन्ड देखि डाहा लाग्यो । त्यो गजुर देखि ईस्र्या लाग्यो ।म अफिस नगै सिधा त्यो मन्दिर भित्र छिरें । 

त्रिपुरा  सुन्दरीको परिसर त नानाथरी कार्यालयहरुले खायेछन् । गृह मन्त्रालयको पनि एउटा कार्यालय रहेछ । मन्दिरका सिढींहरु भत्किन लागेका जस्ता देखिन्थे । दुबो पनि उम्रिएको रहेछ ठाउँ ठाउँमा ।रंग उढिसकेको भित्ताहरु,फोहोर र संरक्षणको प्रयासको अबाभले मन्दिर पनि त्यो दिन जस्तै थियो ।  कसैले कुममा हात राखे जस्तो लाग्यो । सिमान्त रहेछ । संगै काम गर्ने साथी मेरो । चुरोटको धुँवा मेरो मुखतिर फ्याक्दै लाउनुस येस्तो बेलामा यो भन्दा राम्रो अर्को औषधी छैन भन्न थाल्यो । म हाँसे मात्र ।  सबै सोचको प्रादुर्भाब हो । त्यो अंबली हुनुमा कसैको दोश छैन । म अंबली हुन चाहन्न । कम्जोरी ढाक्न बलियो बन्ने हो कम्जोर होईन । चुरोटको धुवाँले उस्को फोक्सोको भित्ताहरु त्यो मन्दिरको भित्ता जस्तै पारेको होला ।

मैले सुइय सुस्केरा हालें । निकै ठुलो पहाड उकले जस्तो ; एउटा गरो जोती भ्याएको हलीले जस्तो । सुस्केरा सन्तुस्टीले प्रत्याभुत भए जस्तो ।

 उ हेर आयो ! आयो ! याद्हरुको भंगालोले छोप्यो । मेरो बर्तमान सोत्तर पार्ने गरि आयो; भाट्भटेनी , पशुपति,स्वप्नबाग ,बलुवाटार , जोरपाटी ।  आवाजहरु पट्यार लाग्दो;किरिमिरी कस्तो कस्तो,कन्चट मै हाने जस्तो;भाउन्न भएर आयो ।  च्याप्प समातेछ साथीले। लथ्र्याक लुथ्रुक्क परेको मेरो शरीरलाई उस्ले आड लगाइदियो जाइको फेदमा । 

3 comments:

  1. k ho soalti eka bihanai furecha ta? 8.18 am too early .... nice one.... when will the rest come?

    ReplyDelete
  2. hehehe..thank you . You are reading this article almost after 9 months i guess....i hope to complete it soon.

    ReplyDelete

There was an error in this gadget