Friday, February 25, 2011

म लेख्छु


म लेख्छु,
त्यो ह्रिदयेको औजारले
चेतन,अर्धचेतन र बिन्दुको सन्सर्गले
पागल प्रेमी,क्रन्दन बिचित्रको
बीक्षिप्त अक्षी रोदनले तेस्को ।
म उठ्छु,
त्यो ह्रिदयेको बैभबले
तेस्को र मेरो सामिप्यको
प्यास,त्रिस्ना,वास्नाले बनेको हाम्रो      
न रती,न मेनका,न मीरा त्यो
जस्तो संगीतले छेडेको राग त्यो
साथी
हाय!हाय! क्या द्रस्टब्य भो
वास्नाको निचोड नितम्ब या बक्ष हो?
प्रेम सुकिलो,कोमल,त्यो अमृत थ्यो
हिर्दयेको पत्र पत्र धुजा धुजा भो      
अवनिभरमा एक्लो चरित्र त्यो
म फुक्छु,
बिगुल अस्तित्वको
नभको चम्किलो तारा  त्यो
 सफलता खोज्छे जादुगर्नी त्यो
प्रेम जोख्छे तराजुमा कस्तो
पासाण कस्ती? चट्टान जस्ती
चटक्क छाडी त्यो भागी
म कोर्छु
कथा,ब्यथा पागलको,सत्यबानको
युद्ध मन्को,तनको,प्रेमको
जो जान्दिन,बुझ्दिन,सम्झिन्न तेसले
अन्तर्मनको,चैतन्यको
कोकिल डाक्छे बसन्त
त्यो प्रेम पलुकित
जागेको नदको ज्योति सरी
छताछुल्ल अगनैभरी  
म देख्छु,
त्यो आएकी टक्क टक्क
वाचाल मुटु ढक्क फुल्छ
कण कण नशको प्रफुल्ल हुन्छ
कल्मस लताले बढारेसरी
झरीले द्वेस पखाले सरी
धिक्क धिक्क यो प्रेम बिचित्र
मनोहर मन्को फोहोरी खेल
एक्लो मन स्वच्छ,स्निग्ध      
म कुर्छु,
त्यसलाई आशा जगाइ
 आएको त्यो देख्नु छ
स्पर्स प्रेमको बुझ्नु छ
ह्रिदयेको गणित हुदैन साथी
शास्त्रले त्यो बुझ्दैन फगत्
म त बिचलित मन्को उपज
चन्चल वायु बह्यो
तेस्को श्वासको सुगन्ध ल्यायो
तेजतेज हेर धड्कन कुद्यो
पत्थर मन आज नुह्यो
म जान्छु,
म हेर्छु,
म भोग्छु,  
त्यो प्रेम अजिब भावगङ्गा
ब्यधा होईन म बोधले हो
श्रवन भाद्र कस्तो आयो
एकपल साथको लागि मन रमायो
त्यो जान्दिन,जग जान्दैन
बेद जान्दैन,जात जान्दैन,धरमा जान्दैन
म लेख्छु
तेस्को प्रतिक्षामा एक जूनी कटायो !
प्रेमले प्रेम रेट्यो
प्रेमले प्रेम्कै माथ टेक्यो
चखेवी हेर भुर्‍रर् उडी
आसाका एक झुन्ड तारा खसे
मनुवा-चखेवा रुदै बसे ।






















No comments:

Post a Comment

There was an error in this gadget