Friday, March 9, 2012

नारी दिवस अनि मेरो आफ्नै गन्थनहरू ..

अन्तरास्ट्रिय नारी दिवस । हिजै बेलुका देखि लेख्छु भन्दा भन्दै आज बेलुका भयो । के लेखुँ ,मनभरी कुराहरु छन् । दुई दिन देखि आफ्नै अन्तर-कुन्तरमा बहस चलेको चल्यै छ ।  अधिराज्यका पढे-लेखेका महिलाहरू, स्वभिमानी महिलाहरू, श्रीमानका पद र पैसाको तुजुक देखाउन पाएका महिलाहरू, श्रीमान र परिवारलाई पालिरहेका महिलाहरू, सुकिला- मुकिला देखिने महिलाहरू अनि मिठा- मिठाइ लाग्ने नारी दिवसमा घुलेका महिला सशक्तिकरनका अवाजहरु , समानताका अवाजहरू, अवसर र चुनौतिका लागि  गुन्जिरहेका अवाजहरू ।

तर कति बुलन्द छन् त यी अवाजहरू ? के यी अवाजहरू अस्ति भर्खरै 'बोक्सि'को आरोपमा आफ्नै गोठछेउ निर्घात कुटाइ खाइ, जलाएर मारिएकी महिलाको गाऊँमा पुग्छन् । पुग्दैन भने अझै जोडले कराउनु पर्‍यो, त्यसो गर्न सकिदैंन भने बन्द गरिद्नु यी अवाजहरू ।  मेरि अस्ति भर्खरै ९४ बर्षको उमेरमा बित्नु भएकी हजुराआमाले सुन्नुभएको भए सबैलाई यही भन्ने थिईन । कर्म गरेपछी नतिजा आउदैन भने त्यस्ता कर्म गर्नेलाई झटारो हान्थिन मेरि मामाघरे हजुरआमा । 

 नारी अदित्तिए प्रेम, धैर्य र प्रकृतिको स्वरूप हुन । यो कुरा पुस्तौँदेखी हाम्रा शास्त्रमा लेखिएर आएको छ । मैले पनि स्कुल पढ्दा घोकेको दुई लाइन  याद् आयो :   " यत्र नारी यस्तु पुज्यन्ते:  
                                                                          रमन्ते तत्र देवता "।
जहाँ नारीको पूजा हुन्छ, त्यहा देवता पनि रमाउछन ।   मन्दिरै मन्दिरको शहर भएको हाम्रो देशमा, श्रद्धालुहरूको ओइरो लाग्ने हाम्रो देशमा, देवता रमाएका छन् की छैनन् ? म नित्से होईन तर मेरो यो प्रश्न हरेक जिम्मेवर नागरिक माथी तेर्सौउदै छु ।  जुन देशमा "छाउपेडी"मा एउटा महिलाको रजस्वलाको समयमा मृत्‍यु हुन्छ, जहाँ जिम्मेवार पदमा आसिन पतीबाट निहत्था श्रीमती मरिन्छिन, दाइजोका नाममा अझै शोषन हुन्छ,बोक्सी बनाई बनाइ मार्छन, अर्धाङी भनि भनि बैबाहिक हिन्सा, अत्याचार,मानसिक प्रताडना दिन्छन्, के त्यहा तिम्रा देवता खुशी होलान् ? जुन मन्दिरहरूमा देवता खुशी छैनन्, बन्द गर जान ती  मन्दिर?   

  मैले मन्दिरको मर्म बुझेको छैन । नेपाल र भारतका प्राय मन्दिर घुमे तर मैले मेरो देवता भेटिन । साधुहरूसँग बसें, सन्तहरूसँग हिंडे, गँगोत्रीमा घन्टौसम्म कुर्दा पनि मैले जवाफ नपाएपछी रिसले चुर भएर हींडेथे । घर आइपुग्दा प्रेमले मुसार्दै मेरो छोरो कहाँ पुगेर आयौ भन्दै निक्लेकी मेरि "आमा" मा मेरो देवता पाएँ । म नास्तिक होईन किनकी अस्ति भर्खर बितेकी मेरि हजुरआमा जै'ले बिदा हुने बेला आँगनमा मलाई म्वाइ खाँदै खुसुक्क मेरो गोजीमा पैसा हालिदिन्थिन अनि उनको जोडी आँखाबाट थोपा थोपा आसुँ पालै पिलो चाउरी परेका गाला हुँदै कलेटी परेर सुकेका ओठसम्म आइपुग्थे । मेरो देवता त्यतिखेर भेटें  ।

  ' नारी दिवस कसका लागि मनाउछौ ? अवाज भएका महिलाहरू जस सँग स्वर छैन तीनको स्वोर बन अनि जोड जोडले चिच्याउ ताकि पहराहरू पछाडि लुकेका झुपडीहरूमा सुर्यदय भन्दा पहिले तिम्रा अवाजहरू गुन्जिउन ! सक्दैनौ भने बन्द गर अवाजहरू........!!! ',    हा ! आज क्रान्ति ओकल्दै छ मेरो कलमले पनि ! 

   तर साँचै नै परिवर्तन् देख्नु छ भने हरेक अवसर पाइरहेका महिलाहरूले आँफै बाट सुरु गर्नु पर्दछ । तब मात्र परिवर्तनको सन्देसका सम्बाहक बन्न सक्दछन् । नेपालि चेलीहरू पुरुष जस्तै साउदीमा छन्, लिब्यामा छन्, अमेरिका अनि यूरोपमा छन् । फेसबूकमा एउटा फोटोमा 'बिकिनी'मा देखिएकी मेरि केटी साथि अर्को फोटोमा त्यतिक्कै सुन्दर 'सारीमा' सजिएर फोटो हाल्छे अनि म दंग पर्छु ! नेपालमा परिवर्तन र अधुनिकिकरन त आएको छ तर केही न्युन प्रतिसतमा सिमित छ । मेरा अघिल्ला कुराहरुमा बिरोध प्रकट पक्कै गरेको होईन । म चाहन्छु नारी दिवस साँचै देशका हरेक नारीहरूको पर्व बनोस् जहाँ हरेक नारी समान रूपले सीक्षीत र आफ्नो जीवनको निर्णय स्वयमले गर्ने सक्ने अधिकार र स्वतन्त्रताले ले सम्पन्न होउन् !   

        

            

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. मन भरि कुराहरु मेरा पनि छन्‌ तर लेख्न तपाईको जस्तो कलममा तागत छैन तर मेरा धेरै कुरा तपाईको लेखमा समेटिएका छन्‌ त्यो पो खुशीको कुरा हो!
    सबै जना फलाक्न जान्छन्‌ जब गर्नु पर्ने बेला आउँछ त चोर लुकेझैँ हु्न्छन,थाहा हुनु र रुपान्तरण हुनु नितान्त फरक कुरा हो। हामीभित्र रुपान्तरणमा जाने चेतनै छैन, जव सम्म आफै रुपान्तरण हुने प्रकृया थाहा पाउँदैनौ सबैकुरा बेकार हुन। हाम्रो समाजमा "रुपान्तरण" हुने पकृयाबारे बोध हुनु आवश्यक छ, अब बोध बारे के लेख्नु र? यो त आफैले गर्नु पर्ने साधना हो...आध्यात्मिक साधना..
    Tezndra Hyoju

    ReplyDelete
  3. Tezndra जी,

    धेरै खुशी लाग्यो यहाँको प्रतिक्रिया पढ्न पाउंदा । राष्ट्र हाम्रो,समाज हाम्रो; त्यसो हुनाले सबैले आफ्नो आफ्नो क्षेत्रबाट प्रयास गरे पक्कै तपाईंले भन्नु भए जस्तो 'रुपान्तरण'को प्रकियामा पनि समाज ब्रिहत रुपमा अघि बढ्ला । तपाईंजस्तो पाठक भेट्नु मेरो लागि खुशीको कुरा हो ! मेरो कलममा तागत तपाईंको प्रतिक्रियाले भरिदिएको छ ।

    ReplyDelete