Thursday, February 16, 2012

रटान लगाउने सुगाहरू..!

"ए दाई ! कोपी कृष्ण काउ  , कोपी कृष्ण काउ  !"

 छिमेकी अंकलको घरमा छिर्न नपाउँदै पट्टु कराउन थाल्यो । सधैं यसरी नै कराउंथ्यो । त्यो कुरा राम्ररी बोल्न सकोस भनेर बेला बेलामा रातो खुर्सानी ख्वाउने गरेको मैले पनि देखेको छु । तर आज खस खस लागिरह्यो । कता कता मन बिझाइरह्यो  । 

हा ! हा ! क्या दशा यो ! म देशैभरी सुगाहरू देख्न थाल्छु । यी थरी थरिका सुगाहरू, रङी- चंगी सुगाहरू, ज्ञानले बलेका जस्ता सुगाहरू, पैसाले पुरिएका जस्ता सुगाहरू ;   राष्ट्रिय राजनितीमा हैकम जमाइरहेका , शिक्षामा , स्वास्थ्यमा, सुरक्षामा । कहाँ छैनन् यी सुगाहरू ?   सुगाहरू मेरो राष्ट्रको  नशा-नशामा, गरा-गरामा बसेका छन् । राष्ट्रिय मकैबारी भुसुक्कै पार्दै छन् ।

 हेर्दा हामि जस्तै बोल्छन । हाम्रै बिच बस्छन । मौका पाउने बित्तिकै काधमै चद्छन् ।  यी कुनै दक्षिणतिर , कुनै उत्तर त कुनै सात समुन्द्र पारीबाट धेरै समयपछी आएका हून रे ! त्यतै यिनलाई खुर्सानी खुवाएर येस्ता भाषा बोल्न सिकाएका रे ! यी सुगाहरू कोहि पूँजीवाद , कोहि समाजवाद, कोहि माओबाद ,कोही खुल्ला अर्थतन्त्र लगयतका दुनियाँ मन्त्र उच्चारण गर्छन् । एउटै कुराको रटान लगाउछन् । 

  यी सुगाहरू आफ्नो समाजमा भन्दा धेरै खुर्सानी दिनेहरू तिरै धेरै बस्छन् । यिनको जीवन सैलि अधिकान्स तेस्तै छ ।  जब जब राष्ट्रमा बाली-नाली लगाउन थालिन्छ, तब तब यी सुगाहरू रटान लगाउछन् । यिनको 'कोपी कृष्ण कौ' ले हामी आजित भएका छौँ ! 

   राष्ट्र बिकासका नीम्ति हाम्रो आफ्नो समाजका इस्थापित आधारहरूलाई एउटै समानन्तर धागोमा उनेर लैजन सक्ने क्षमता चाहिन्छ । त्यो कुनै रटान, कुनै सिद्धान्तले जोत्दैमा , त्यस्ता मल हाल्दैमा बाली सप्रिदैन । हाम्रो इस्थानिय भु-बनोट , त्यस्को अनुसन्धान पर्याप्त मात्रामा हुन अझै सकेको छैन । गर्नेहरू थोरै छन् ? खुर्सानी खाएर ओकल्नेहरू धेरै छन् । 

   आज त्यसै त्यसै सुगा देखि घ्रिणा लागेर आयो । के कुरा गर्न आएको थिए भुसुक्कै बिर्सेछु !    

No comments:

Post a Comment

There was an error in this gadget