Saturday, November 19, 2011

आशै आशमा बाँचिने जिन्दगी


जीवन अजबको छ, गजबको छ । भांती भांती रंगले पोतिएको जिन्दगी; जन्म-म्रित्यु, हाँसो-रोदन, उच-निच, मित्र-दुश्मन, कुबेर-जोगी, प्रेम-घ्रिणा, सत्य-झूट, जोश-आलस्य, सफल-असफल । हाय! कति अत्रिप्त जिन्दगी । एउटै जिन्दगी जिउने हो सबले तर एउटा जीवन भित्र कति थरी जीवन बाँच्ने हो । एक चोलामा कति थरी रंग पोत्ने । कति सपना देख्ने,कती सपना बाँच्ने । आफ्नो सपनाको लागि बाँच्ने की अरुको नीम्ति बाँच्ने ।  आँफैलाई माया गर्ने की आफुले माया गरेकाहरुको नीम्ति बाँच्ने ? हरेक स्वप्ना प्राप्त हुने बुलन्द विश्वाशले जागेको जिन्दगी ! 

मरेर लैजानु त केही छैन तर जीवन भोगिरहंदा दुबिधा प्रसस्त छन् ।  आफ्नो सौखले बाँच्न पनि स्रोत-साधन सिमित छन् । जीवन अरुका नीम्ति गरेर,दिएर बाँच्छु भन्दा पनि के चाँही दिने,कती दिने,क-कसलाई दिने ? दिएर पनि अपार यो जिन्दगी । 

 बडा ताजुब लाग्छ मलाई । बैन्सको बेला बाटामा देखेको जो पनि राम्री लाग्ने । हाँस्यो,खेल्यो, ख्याल ठट्टामै,फोन गर्दा गर्दै, मेसेज गर्दा गर्दै कोहि कोहि बिना सासै फेर्न नसकिने गरि माया बस्छ । दुई चार दिन हस्यो बोल्यो, डेटिङ गयो; संगै पार्कमा बसेको अर्को केटोको मायालु मन पर्छ ! हाय ! धिक्क! धिक्क ! यस्तै बिचित्र छ हरेक पलमा मान्छे को जिन्दगी । एक ईच्छामा समर्पित हुन नसक्दा, एक प्रेममा अटल विश्वाश नहुँदा,एक इरादा मजबुद नहुँदा आम मान्छे भौतारिन्छ । उसको म्रिगत्रिस्णाको कुनै कुवा छैन । ठोकर खाइरहन्छ मान्छे,तड्पीरहन्छ । कहीले बिधातालाई गुहार्छ, कहीले भाग्यलाई सराप्छ, कैले धर्मको साहारामा अलाप्छ । एउटा झिनो आसामा अडेको जिन्दगी । 

 असम्भब त केही छैन रे !  सम्भाब्यताको खोजी गर्नेहरु लाखौँका संख्यामा विश्वको कुना कुनामा पुजिंदैछन् । त्यहि दौडमा लाखौँ अरु जित्न भागम्-भाग गर्दैछन् ।  एकजनाले एक करोड कमाउँदा, यहि संसारको अर्को कुनामा एक करोड मान्छे एक रुपैयाको लागि लाचार हुन्छ,न्युनतम आवस्यकताको पुर्ती नहुँदा !! कतिले कतिलाई दिने ? नामको लागि दिने ? अर्को मान्छेभन्दा आफु बिसिस्ट हुनका लागि दिने ? हामी के को लागि दिन्छौँ ? दिनको नीम्ति दिदैनौ, पाउनकै नीम्ति दिन्छौँ । कस्तो झुटो आसामा बाँचिने जिन्दगी !  

म फेरि पनि मेरो विश्वाश, मेरो जिउने सैली डकार्दै छु । म त निर्धक्क जिउँछु । अटल प्रेमले जिउँछु,गहिरो आस्थाले बाँच्छु । म त हाँसी हाँसी दिएरै बाँच्छु, अरुका दु:ख- सुख पिएरै बाँच्छु । म त प्रेमले जिउने केटो । मेरो कुनै ब्यक्तिलाई नाप्ने कसी छैन, झुटो सपना लेख्ने मसी छैन ।   यो सुन्दर चोला खुशी,सुख,प्रेम,सदाचार बाढेरै बाँच्छु । हरेक पल राम्रो हुने ममतामयी आसामा बाँचिरहेको छु !