Wednesday, February 23, 2011

उहीले र ऐ'लेका कुरा


अहिलेका पुस्ताले 'पोप्कोर्न' भन्छन् तर मलाई भुटेको मकै भन्दा स्वाद आउंछ । अंग्रेजी लवज प्रसिद्ध छ तर मेरो भाषा मिठो र कलकलाउदो छ । खाजामा आमाले भुटेको मकै र गुन्द्रुक साध्नु भएको रहेछ । येस्तो बेला मलाई पुराना कुराहरु कोट्याउन मन लाग्छ । मेरा मामाघरका हजुरबा सिलोक भन्न माहिर हुनुहुन्थ्यो रे,त्यस बेलाका बाहुनहरुको खुबी हो त्यो । मेरो सिमित ज्ञानले जाने बुझेसम्म सिलोक गाउने सैली हो ।  आमाले एउटा सिलोक बडा मिठो भाका हालेर सुनाउनु भो । यो सिलोक उनै हजुरबाले गाउनु भएको थियो रे:
"डाँडा पाखा रैल मोटर गुरुरुरु चल्लान     
  तिम्रा हाम्रा झुपडीमा बिजुली नी बल्लान" 
त्यस बेलाको हाम्रो देशको बिकाशको थिती ठम्याउन सकिन्छ । हाम्रा डाँडा पाखामा बाटोहरु धेरै बनेका छन् त्यस बेलाको तुलनामा । साँघुरा बाटाहरु,भत्किएका बाटाहरु । येस्ता बाटाहरु जहाँ मन्त्री हिड्दा जनताका  बाहनलाई ब्याटनले हिर्काइ हिर्काइ सुबिधा उपभोग गर्छन्; तिनैबाट चुनेका मन्त्रीहरु । यो मैले काठमाडौंको सडकमा ओहोर दोहोर गर्दा बारम्बार महसुस गरेको कटु सत्य हो ।  रैल हाम्रा शहरहरुमा गुड्ने कल्पनामा हामी बल्ल रमाउन थालेका छौं । त्यहि बेलामा सिलोकमा भन्न भ्याएछन्,धन्नका रहेछन मेरा मामाघरे हजुरबा ! ती बेलाका ब्राहमणहरु तेसै कहलाइएका  त पक्कै होइनन् ।  

तिनका बेलामा बिजुली थिएन,हाम्रा बेलामा बिजुली बल्दैन । बिद्युत  उत्पादनका लागि लाईसेन्से वालाहरुको दलालीमै फुर्सद हुन्न हाम्रा उर्जा मन्त्रीलाई । उत्पादन कसरी होस्?उर्जा मन्त्रीको भब्य बिदाइ हाम्रो मानसपटलबाट गएको छैन। मन्रिका घरमा बत्ती बल्दा सम्पुर्ण रास्ट्रबासी अध्यारोमा रुम्मलिएका हुन्छन् । सर्बसाधारणका झुपडीमा बिजुली अझै धेरै बर्ष सम्म बल्दैन ।



There was an error in this gadget