Thursday, February 17, 2011

कागज,कलम र म

कागज, कलम र म । एक हप्ता देखिका मेरा साथीहरु मलाई छोड्न मानिरहेका छैनन् । यी तठस्थ छन्।साँचै    गजबका रहेछन् । म घ्रिणा पोखुँ  या प्रेम पोखुँ , यिनीहरुलाई सन्ताप छैन न त खुशी नै छ; छताछुल्ल पोखिदिन्छन । यो फेब्रुअरी को मासमा प्रेम भुक-भुक उम्लियेर आयो । यिनले पनि तेलाई प्रस्रये दिए,मलजल गरे र मलाई प्रेमले ओतप्रोत गराइदिए । ह्रिदयेका भग्नावसेसहरुमाझ बसेर म लेखिरहेछु निरन्तर। बजार गुल्जार छ नव यौवनाहरुका उन्मत्त सौखले र मेरो डायरिका पानाहरु प्रदिप्त छन् पुराना याद्हरुले । हुन त याद्हरुमा समर्पण गर्ने मान्छे म होईन तर याद्हरुले जुन बित्रिस्ना पैदा गराउंछ तेस्का निमित्त समर्पण भाव जन्मिदो रहेछ। त्यसैले आज यिनै सखिहरुका लहडमा  बसी म आफ्नै  केरकार गर्दै छु । 

                 
बर्बर्ती खसाल्ने आसुँका दानाले मेरो निद्रा पनि भङ्ग गर्छ। उस्ले आँफैलाई त्यती कमजोर बनाएकी थीइ। उस्को त्यो हबिगत को जिम्मेवार,कर्ज्दार थीयो उस्को सोच्ने सैली। संसार भरिका दोसहरु आफ्नो थाप्लोमा लिन्थी र उस्को पोक्ची गालाबाट आसुँका दाना बर्सिन्थे।  हाँसोमा बेदना छचलकिएर मेरो जिउभरी छिटा पर्थ्यो र म उसलाई मुसारिरहन्थे,सम्झाइरहन्थे,थपथपाइरहन्थे । उ मेरो आँखामा पुलुक्क हेर्थी र हास्थी स्नेहले र विश्वाशले की म सधैं उस्को छेउमा त्यसरी नै हुनेछु भनेर । उसको आँखा ठुला ठुला गूचा जस्ता थिए । घन्टौ सम्म उस्को आँखामा हेरेर बस्न मन  लाग्थ्यो । चनचले,अल्लारे र बैंसले धपक्कै बलेकी थियी। येस्ती मेरि गुडिया थीइ । संसारलाई अफु जस्तै सोच्थी,तेसरी नै हेर्थी । सार्है सोझी थी । उसलाई अफिस होस् वा घर,बसपार्क वा माईक्रोमा होस् रुनुलाई कुनै शक्तिले रोक्न सक्दैन थियो। कहीले कति धेरै माया गर्ने मान्छे पाए भनेर रुन्थी । कसैले नलाएको माया मैले लगाएछु !   

समय बलबान छ,क्रुर छ,निर्दयी छ;समय तठस्थ छ । हामी जीवनको दौडमा जस्तो तयारीले प्रस्तुत हुन्छौ तेसै अनुरुपको समय प्रति लगाव देखाउछौ । शायद तयारीमा त्रुटी थियो र उ म भन्दा धेरै धेरै टाढा भई। म कुद्नन सकिन या उस्ले भेट्न चाहीन । मन कुडियेर आउछ,अस्थिर हुन्छ । बर्खाको झरी सरी पानी बर्सेको बर्स्यै छ र एक्लोपन बिझाइरहेछ । उ खुशी होली नयाँ जिन्दगी देखि । अब त रुन्न होली ।एकबर्ष धेरै लामो अन्तराल हो,परिबर्तित भएकी होली,सजग हुन सिकेकी होली ।

  रातको साँढे एघार भएछ,पानि अझै सिमसिम परिरहेछ। पल्लो घरमा गाउँबाट आएका एक जना झाँक्री  मेरो  छिमेकीको  छोरीको ज्वरो नीको गर्न यो रातमा सिमे भुमे फलाक्दै छन् । छिप्पीदै गएको रातसंगै मन बहकिदै छ ।   म छु ,कलम र कागज को टुक्रा छ ।यिनै सखिहरुका साथमा भावनाका हाँगाहरुमा सोइसाला खेल्दै छु ।