Sunday, December 25, 2011

मन चर्ने सैलुङ् .....

बितेको हप्ता काम थिएन तर फुर्सद पनि भएन । वीज्ञान प्रबिधीले आम मान्छेको दैनिक जीवनमै उथल-पुथल ल्याइदिएको छ । काम नहुदा मनले चर्ने सैलुङ् खोज्यो । त्यसैले सबैभन्दा राम्रो फेसबूक नै रोज्यो । कुरा गर्ने साथी त धेरै थिए तर मन आम जिन्दगीका कुरा उघ्राउने पक्षमा थिएन । समयले तित्कताहरू सुपाच्य बनाइदिएको छ । त्यसैले फेसबूकमा चाहर्दा एक परिचित अनुहार देखें । मन न्यानो भो । दुबिधा त थियो; वास्तै नगर्ने हो की ? तर मनले के टेर्थ्यो ! त्यसैले फ्रेन्ड रिक्वेस्ट पठाएँ ।  

उस्को profile हेर्दै थिए । केही पुराना यादहरू ताजा भो'।  केही बर्ष पहिले उसलाई देखेको थिएँ कुनै एउटा कार्यक्रममा ; शायद रात्री भोज थियो । त्यसबेला पनि मैले देखेको, भेटेको, चिने-जानेको हुलमा उ अलग्ग थी'। म भन्दा करिब करिब दुगुना मोटी थी' तर राम्री थी'। उसका ठुल-ठुला आँखाहरू गाजल लगाएको डिलबाट यसरी हेर्थे की कोही पनि मान्छे मुघ्द हुन्थ्यो । सलक्क परेको अनुहारमा सानो थुम्को जस्तो उस्को उठेको नाकको डाडी, मिलेका आँखी भौ, खैरो रंग हल्का छरेको कुम कुमसम्म आएको कपाल अनि म्रिदुल बोली; म त लठ्ठै परेको थिएँ ।  नाम पनि उस्को हाँसोमा टपक्कै बसेको,"क्रितिका" ।    

 उसले मेरो अनुरोध स्विकारिछ', chat boxमा   उसको नाम अगाडी हरियो थोप्लो देखियो । के गरि कुरा सुरु गरुं ? आपत् पर्‍यो ! एकछीन उसको फोटोहरू हेर्न थालें । उ त उस्तै रहिछ'। हुन त देख्नलाई म पनि उस्तै छु तर समयसँगको घम्सा-घम्सिमा मन बद्लियो, बिचार बद्लियो । कतिले यसैलाई परिपक्वता भन्दा रहेछन् । म चाँही यो बद्लाबलाई समयले छाडेको दागको टाटाहरू भन्छु । के क्रितिका अझै पनि उस्तै गम्की-गम्की हाँस्न सक्ने हो ली' ?  उ' बारे अनेक कौतुहुलताहरू मनमा पैदा हुँदै हराउदै थिए । रोमनमा टाईप हान्दै झ्वाट्ट सोधें," के छ "?
 "Do I know you"?  उसले प्रश्न तेर्स्याइ हाली'। एकछीन अक्मक्क परें । एकचोटी लामो सास फेरें अनि टाईप गर्न थालें ।   
 "म त रेडियो भनेपछि हुरुक्कै हुन्छु । तिमीलाई धेरै पैले' एउटा प्रोग्राममा देखेको थिएँ " । 
 "ए ए " । उसले छोटो उत्तर दी' । सम्बाद त्यहीं रोकिएला जस्तो भो' । मनमा कुराहरु अठेस-मठेस हुन थाले ।
 जसो तसो कुरा गर्दा गर्दै रातको १२ बजेछ' । समयले नेटो काटेको पत्तै पाइएन । उसले एक्कासी," Good Morning !..hahaha "   लेखेर पठाई तब पो चाल पाएँ ।  तर न त उसलाई निद्राले छोएको थियो न त मलाई नै । ठट्टा गर्दा गर्दै मनका धेरै कुराहरु एक अर्कामाथी बिसाइय'छ । उ पनि कहाँ बद्लाबबाट अछुतो थी'र । त्यस रात २ बजेसम्म गफ गरिय'छ । हर रात त्यसरी नै गफ गरियो । बेलुकी पख फेसबूकमा बस्दा उसको नामको अगाडी हरियो थोप्लो नदेखे मनमा एैठन पर्न थाल्यो । यो ठन्डीको रातहरूमा पनि मनले चर्ने न्यानो सैलुङ् भेटे'छ ।      

       
                                                                        

No comments:

Post a Comment