Saturday, February 12, 2011

म त बलेको बल्यै छु...


म त बलेको बल्यै छु
ताप्न तिमी आइनौ
न्यानो अन्तै भएछ त
निभाएर किन गैनौ?

मेरो सानिध्यले पोल्यो की तिमीलाई
फर्केर नी हेरिनौ
शितल खोजेको रहेछौ त
पहिले किन भनिनौ?

म त कुरेको कुर्यै छु
भेट्न तिमिले खोजिनौ
मन अन्तै दिएछौ त
 माया लाउंदिन किन भनिनौ?

म त बलेको बल्यै छु
ताप्न तिमी आइनौ....  

































1 comment:

  1. wow! i can't believe this writing... amazing, truly amazing.

    ReplyDelete